झापामा कुल्चेर श्रीमतीको मृत्यु, श्रीमान घाइते

झापा । झापामा हात्तीले कुल्चेर एक महिलाको मृत्यु भएको छ ।

शिबसराक्षी नगरपालिका- ११ स्थित वनमा हात्तीले कुल्चेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय ६० वर्षीया पबित्रा भेटवाल रहेकी छन् ।

हिजो बेलुका ६ बजे रतुवामाई बृक्षारोपण आयोजनाको बनमा घाँस दाउरा गर्न गएका पबित्रा भेटवाल र उनका श्रीमान ६२ बर्षीय दिलिप भेटवाललाई हात्तीले कुल्चि लछारपछार पार्दा पबित्रा भेटवालको घटनास्थलमै मृत्यु भएको थियो

घाइते भएका दिलिप भेटवालको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१५,चैत्र.२०८०,बिहीबार ११:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्