बिहीबार बढ्यो अमेरिकी डलरको भाउ, आज कतिमा हुँदैछ किनबेच?

एजेन्सी । बिहीबार अमेरिकी डलरको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ १० पैसा र बिक्रीदर १३३ रूपैयाँ ७० पैसा कायम गरिएको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५६ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको १४ पैसा बढेको हो।

आज युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ १९ पैसा र बिक्रीमा १४४ रूपैयाँ ८४ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ८९ पैसा र बिक्रीमा ८७ रूपैयाँ २८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ९३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३७ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ १९ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९४ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २५ र बिक्रीमा ३६ रूपैयाँ ४१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ १२ पैसा र बिक्रीमा २८ रूपैयाँ २५ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ७६ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ७१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ६५ पैसा तोकिएको छ।

१५,चैत्र.२०८०,बिहीबार ११:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्