नुहाउने क्रममा बेपत्ता भएका व्यक्तिको खोजिका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन

काठमाडौं । चैत्र १२ गते सोमबार भेरी नदिमा नुहाउने क्रममा बेपत्ता भएका व्यक्तिको खोजिका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ ।

जाजरकोट जिल्ला भेरी नगरपालिका –१३ स्थित भेरी नदिमा बेपत्ता भएका ३५ वर्षिय गोबिन्द थारुको खोजिकार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नं. महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट बिहिवार बिहान ४ जना गोताखोर सहित ७ जनाको टोली परिचालन गरिएको हो ।

यसअघि थारु बेपत्ता भएलगत्तै आश्रीत गुल्म जाजरकोटबाट निरन्तर खोजी गरिए पनि फेला नपरेपछी गोताखोर खटाइएको हो ।

१५,चैत्र.२०८०,बिहीबार १२:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्