खानेपानी विभागका महानिर्देशक कमलराज र खानेपानी मन्त्रालयका उपसचिव राजाराम केयूकेएलको संचालकमा नियुक्त

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)को संचालक समितिमा सेयर सदस्यको हैसियतले खानेपानी मन्त्रालयले दुई जना सदस्य नियुक्ती गरेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा नेपाल सरकारको तर्फबाट खानेपानी मन्त्रालयको ३० प्रतिशत सेयर रहेको छ । काठमाडौं महानगर पालिक र नेपाल सरकार खानेपानी मन्त्रालयको तर्फबाट दुई दुई जनाका दरले केयुकेएल संचालक समितिको सदस्य रहने व्यवस्था गरेको छ । उक्त व्यवस्था अनुसार मन्त्रालयका सहसचिव तिरेश प्रसाद खत्री केयूकेएल संचालक समितिको अध्यक्ष थिए । उनी अनिवार्य अवकाशमा गएपछि रिक्त ठाउँमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ मन्त्रालयको प्रतिनिधित्व गर्दै सदस्यमा नियुक्ति भएका छन ।

यस भन्दा अगाडि तत्कालीन खानेपानी मन्त्री महिन्द्र राय यादवले राजनिति नियुक्ति गर्दै इन्जिनियर नहेन्द्र प्रधानलाई केयुकेएलको सदस्यमा नियुक्ति गरेका थिए । तर, मन्त्रालयले उनलाई हटाउर्दै खानेपानी मन्त्रालयका कानून शाखाका उपसचिव राजाराम दाहाललाई केयुकेएल संचालक समितिको सदस्यमा नियुक्ति गरेको समाचार स्रोतको दावी छ ।

केयूकेएल संचालक समितिको बैठकले सदस्यहरु मध्येबाट एक जनालाई अध्यक्ष चुन्ने प्रावधान रहेको छ । अध्यक्षका लागि मन्त्रालयसंग समन्वय मिलाउनका लागि मन्त्रालयका सदस्य कमलराज श्रेष्ठ नै अध्यक्ष हुनु पर्ने हुन्छ । तर, निजी क्षेत्रका चेम्बरका सदस्य कमलेश अग्रवालको पनि दावी रहेको समाचार स्रोतले बताएको छ । नेपाल सरकारको सहसचिव र सबैलाई मिलाएर लान सक्ने क्षमता भएका कारण श्रेष्ठ नै अहिले केयूकेएलको संचालक समितिको अध्यक्ष हुने निश्चित जस्तै रहेको छ ।

१६,चैत्र.२०८०,शुक्रबार ०८:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्