उपस्थित भइ जवाफ दिन मन्त्रीहरुलाई राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको निर्देशन

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मन्त्रीहरुलाई सभामा उपस्थित भई प्रादेशिक सरोकार समयमा उठेको प्रश्नको जवाफ दिन निर्देशन दिएका छन् ।

शुक्रबारको राष्ट्रिय सभा बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै सांसदहरुले विकास निर्माणसँग सम्बन्धित र विभिन्न विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका थिए । लगत्तै अध्यक्ष दाहालले प्रादेशिक सरोकार समयमा उठाएका विषयहरुको सम्बन्धमा सम्बन्धित मन्त्रीलाई सभामा उपस्थित भइ जवाफ दिन निर्देशन दिएका हुन् ।

निर्देशन दिँदै उनले भने, ‘माननीय सदस्यहरुले प्रादेशिक सरोकार समयमा उठाउनुभएका विषयहरुका सम्बन्धमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५(क) को उपनियम ३ को व्यवस्था बमोजिम सम्बन्धित मन्त्रीले सभामा उपस्थित भइ जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

राष्ट्रिय सभाको बैठक जारी छ ।

१६,चैत्र.२०८०,शुक्रबार १६:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्