बारबराद्वारा २५ लाखको पत्रकारिता पुरस्कार घोषणा, २०८१ को लागि आवेदन माग

काठमाडौं । बारबरा फाउन्डेशनबाट दिइने पत्रकारिता पुरस्कार-२०८१ को आवेदन माग गरेको छ । पत्रकारिता जगतले सिंगो राज्य पद्धतीमा सुशासनको खोजी गर्न र कानूनको शासनको थिति बसाल्न पुर्याउँदै आएको कुरा स्मरण केन्द्रमा राख्दै फाउन्डेशनले यो विशिष्ट पुरस्कारको थालनी गरेको जनाएको छ ।

हरेक २ वर्षको अन्तरमा प्रदान गरिने यस पुरस्कारको कुल धनराशी २५ लाख रुपैंयाको हुनेछ । पुरस्कारमा जोडिएको मुद्दाले नेपालको सामाजिक, आर्थिक वा राज्य संयन्त्रमैं परिवर्तन ल्याउन सक्ने वा प्रभाव देखाउन सक्ने तहको सोध÷खोजलाई प्रश्रय दिएको हुनुपर्नेछ ।

उक्त पुरस्कार पहिलो १५ लाख रुपैयाँको, दोश्रो ७ लाख रुपैंयाको र तेश्रो ३ लाख रुपैयाँको अनुसन्धानमूलक पत्रकारिता पुरस्कार रहने छ ।

यसपटक वैशाख २०७९ देखि चैत २०८० सम्म (२४ महिना) भित्रमा प्रकाशन÷प्रशारणमा भैसकेका अनुसन्धान मुलक समाचार÷सामग्रीले यस प्रतिस्पर्धामा स्थान पाउनेछन् । वैशाख २१, २०८१ (प्रेस फ्रिडम डे, २०२४ मे ३) मा पुरस्कारको घोषणा गरिनेछ ।

प्रतिस्पर्धामा आउने सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडियो, पोडकास्ट वा डिजिटल पोर्टलमा प्रकाशित/प्रसारित हुनुपर्नेछ । यस्ता सामग्रीबारेको आवेदन जो जसले दिएपनि (प्रकाशक, पत्रकार, दर्शक, स्रोता वा पाठक) स्वीकार्य हुनेछ । आवेदकले आफ्नो लेख रचना समाविष्ट गर्दा परिचय स्पष्ट रुपमा खुल्नुपर्नेछ ।

१६,चैत्र.२०८०,शुक्रबार १६:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्