लुम्बिनी प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सम्बोधन गरेर राजीनामा दिने

रुपन्देही । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन सुरु भएको छ । फागुन १८, १९ र २० गते ३ दिन चलेर तेस्रो अधिवेशन चैत १ गते अन्त्य गरिएको थियो । सरकार अल्पमतमा परेपछि विश्वासको मत लिनका लागि विशेष अधिवेशन बोलाइएको हो ।

मुख्यमन्त्री डिल्ली चौधरीले आफूले बहुमत नपाउने भएपछि विश्वासको मतको प्रक्रियामा नगई सदनलाई सम्बोधन गरेर राजीनामा दिने व्यवस्था मिलाउन सभामुख तुलाराम घर्तीमगरसँग समय मागेका थिए ।

नयाँ गठबन्धनमा रहेका एमाले,माओवादी,जसपा,नेकपा एस, स्वतन्त्रका बहुमत सांसदहरूले हस्ताक्षर गरेर नयाँ सरकार गठनका लागि तयारी गरिसकेका छन् ।
लुम्बिनीमा माओवादी संसदीय दलका नेता जोखबहादर महराको नेतृत्वमा गठबन्धन दलले सरकारको बनाउने तयारी गरेका छन् ।

२२,चैत्र.२०८०,बिहीबार १६:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्