सभामुख देवराज घिमिरे र प्रधानमन्त्रीसहित शीर्ष नेताहरुबीच छलफल सुरु

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरुसँग छलफल थालेका छन् ।

सभामुखको कार्यकक्ष सिंहदरवारमा अहिले प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेताहरुबीच छलफल भइरहेको हो ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले सदनमा निरन्तर गृहमन्त्रीको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति माग गरेको र चैत २७ देखि बैठक नै अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले छलफल राखेका हुन् ।

२६,चैत्र.२०८०,सोमबार १४:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्