कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा

काठमाडौं । कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा आएको छ । प्रतिकित्ता १०६ रुपैयाँ मूल्य नघट्नेगरी जोकोही सर्वसाधारण तथा संस्थाहरुले यसमा आवेदन दिन सक्नेछन् ।

वैशाख ११ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सकिने बिक्री प्रवन्धक कुमारी क्यापिटलले जनाएको छ । क्यापिटलको नक्साल कार्यालयबाट फारम लिएर गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सकिनेछ । सोही स्थानमा बुझाउन सकिनेछ । न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

आवेदनका साथ गुड फर पेमेन्ट चेक वा क्यापिटलका नाममा रकम भुक्तानीको भौचर समावेश हुनुपर्नेछ । शिलबन्दी बोलपत्र वैशाख १२ गते खोलिने क्यापिटलले जनाएको छ ।

३,बैशाख.२०८१,सोमबार ०९:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्