रमित ढुंगानाको फिल्ममा केपी ओली र ज्ञानेन्द्र शाहीपछि माधव नेपाल पनि अनुबन्धित

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि अनुबन्धित भएका छन् । यसअघि उक्त चलचित्रमा एमालेअध्यक्ष केपी शर्मा ओली र राप्रपा सांसद ज्ञानेन्द्रशाही अनुबन्धित भइसकेका छन् ।

उक्त फिल्ममा नेपालले पूर्वप्रधानमन्त्रीको भूमिका देखिँदैछन् भने ओलीले ‘प्रधानमन्त्री’ को रोल निर्वाह गर्ने जनाइएको छ ।

ओली र शाही सहभागी पछि नेपाल उक्त फिल्ममा जाेडिएकाे निर्माता रंमित ढुंगानाले बताए ।

आज उक्त चलचित्रको छायाकंन भइरहेकाे छ । माधव नेपाल अहिले सुटिङस्थल काेटेश्वर क्याम्पसमा छन् ।

तेजाव पीडितहरूको कथामा आधारित यो फिल्ममा लगानी कलाकार रमित ढुंगानाले गरेका छन्। पर्साकी एसिडपीडित मुस्कान खातुनको जीवनीमा आधारित यो फिल्मको निर्देशन पनि उनै रमितले गर्दैछन्।

रमित ढुंगाना फिल्म प्रोडक्शन ब्यानरमा निर्माण हुने फिल्ममा मुस्कान खातुन, सिम्रन खड्का, सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहालगायत कलाकारको अभिनय रहनेछ।

४,बैशाख.२०८१,मंगलवार ०८:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्