माओवादी कोशी प्रदेशका अध्यक्ष भन्छन्, ‘सुहाङको जितले वामपन्थी एकताको बाटो खुल्छ’

इलाम । नेकपा माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्क नेम्बाङ मिक्सोले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई बचाउन इलाम २ बाट सुहाङ नेम्बाङलाई जिताएर पठाउनु पर्ने बताएका छन् ।

इलाम क्षेत्र नम्बर २ अन्तरगत मङ्गलबारे बजारमा भएको चुनावी सभामा बोल्दै नेम्वाङले वामपन्थीहरूको एकताले मात्रै समृद्ध नेपाल सुखी नेपाली बन्ने सक्ने बताए । यो एउटा झिल्को हो यो झिल्कोलाई सबै तिर पुर्‍याउनु पर्छ ।

उनले भने,‘ सुहाङ नेम्वाङलाई जिताउनु भनेका देशमा समृद्धिको झिल्को सबै तिर फैलनु हो ।’

उनले कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउनका लागि सुहाङलाई जिताउनु पर्ने बताए ।

उनले भने, ‘अहिले देशमा विकास र समृद्धि चाहिएको छ । समृद्धिका लागि वामपन्थीहरूको एकता आवश्यक छ ।’

वामपन्थीहरूको एकता विना देशमा विकास हुन नसक्ने देखिएको उनले दाबी गरे । उनले सुहाङ वामपन्थीहरूको साझा उम्मेदवार भएकाले सबैले उनलाई मत हाल्न आव्हान गरे ।

५,बैशाख.२०८१,बुधबार १५:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्