विदेशी स्वार्थ अनुसार काठमाडौं पानीको संरचना निर्माण गर्नु नै दुर्भाग्य, बोर्डको बार्षिकोत्सव भब्य

ललितपुर । काठमाडौं उपत्यका खानेपानीका लागि जन्माईएका तीन सन्तानहरुको पुर्नसंरचनाको पुरा प्रतिवेदन एक महिना भित्र मन्त्रीपरिषद्मा जाने गरि अन्तीम तयारी भइरहेको कुरा खानेपानी सचिव शुरेस आचार्यले आज काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं बार्षिसोत्सव समारोहमा खुलासा गरेका हुन ।

उक्त समारोहमा प्रमुख अतिथि खानेपानी मन्त्री राजेन्द्र राईले भने, ‘काठमाडौं उपत्यका बासीलाई खानेपानीको व्यवस्थापन बोर्डले गरिरहेको छ ।’ ‘यो वोर्ड जवान भइसकेको हुदाँ यसले अझै उत्साहपूर्वक काम गर्नेमा आशाबादी भएको छु ।’ बार्षिकोत्सव जस्तो खुसीको अवसरमा संचालक समितिका सबै सदस्यहरु सहभागी नभएकोमा दुःख लागेको पनि बताएका छन ।

काठमाडौ उपत्यका बासिलाई खानेपानीको व्यवस्थापन गर्न जन्माइएका तीन सन्तानलाई खानेपानी मन्त्रालयले एकै किसिमको व्यवहार गर्न नसकेको गुनासो खानेपानी तथा सरसफाई महशुल निर्धारण आयोगका अध्यक्ष रुद्र गौतमले गरेका छन । उनले अनुगमनलाई पनि संयुक्तरुपमा गर्ने कानून निर्माण गर्न सुझाव दिएका छन ।

काठमाडौंमा जनसंख्याको आधारमा खानेपानीका स्रोत खोजेर बैकल्पीक खानेपानीको व्यवस्थापन गर्न र खानेपानी क्षेत्रमा लगानी बढाउनु अति आवश्यक भइसकेको तर्क आयोजना कार्यन्वयन निर्देशनालयका प्रमुख राजेन्द्र सापकोटाले राखेका थिए । उनले चक्र पथ बाहिर पाइप लाइन गर्न ढिला भएको कुरा पनि समारोहमा राखेका थिए ।

बार्षिकोत्सव समारोहको अध्यक्षता भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले गरेका थिए भने सहभागीहरुलाई स्वागत काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिब विक्रम राणाले गरेका थिए ।

कार्यक्रम संचालन काठाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका अर्थ प्रमुख रामचन्द्र ढकालले गरेका थिए ।

५,बैशाख.२०८१,बुधबार २०:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्