केयूकेएलमा कामदारले पाउने पारिश्रमिक भन्दा ठेकेदारले पाउने कमिशनमा राई समुहको चिन्ता

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) नयाँ सिइओ अशोककुमार पौडेलले हाजिर गरेको करिव २० दिन भयो । पछिल्लो ५ दिनदेखि केयूकेएलको मिटररिङ्गिको काम ठप्प भएको समाचार छ ।

केयूकेएलको आम्दानीको पहिलो स्रोत ग्राहकलाई पानी बेचेर उठेको महशुल हो । पानीको महशुल उठाउन पानी उपभोक्ताहरुको घरका धाराको मिटर रिडिङ्ग अनिवार्य हुन्छ । त्यहि मिटररिडङ्गको काम व्यवस्थापकको लार्पवाहिले गर्दा ठप्प हुन पुगेको हो ।

निर्वतमान सिइओ ज्ञानेन्द्रबहादुर कार्की, अर्थ तथा प्रशासन विभाग प्रमुख प्रकाशकुमार राई, मानवशंसाधन तथा प्रशासन महाशाखा प्रमुख योगेन्द्रबहादुर वम, खरिद प्रमुख दिपेन्द्रबहादुर वली र केयुकेएलका क्रियाशिल टे्रड युनियनहरुको व्यक्तिगत स्वार्थका कारण मिटररिडिङ्गको काम ठप्प भएको हो ।
केयूकेएलले नयाँ सिईओ पौडेललाई असफल बनाउने उदेश्यले कार्की, राई, बम र वलीले गरेको निर्णयका कारण केयूकेएल आर्थिक रुपमा टाट पल्टीन लागेको छ । केयूकेएलको मिटिर रिडरको काम ठेकेदारलाई दिएर लाखौ कमिशन खाने लोभका कारण केयूकेएल यो अवस्थामा पुग्न लागेको हो । अर्थ तथा प्रशासन विभागमा राई आएपछि प्राविधिक कर्मचारीहरुलाई राईले गरेको तुच्छ व्यवहारका कारण उनीहरु राईसँग चिडिएका छन भने प्रशासन तर्फपनि राईका विरोधीकारुपमा धेरै कर्मचारीहरु देखिएका छन ।

मिटररिडको काम ठेक्कामा दिएपछि ठेकेदार कम्पनीले कामदार दिन नसकेपछि केयूकेएलका राई समुह ठेकेदारको चाकडीमा निर्लज्जरुपमा लागेको देखिएको छ । बर्षैदेखि सेवा करारका कामदारहरुलाई ठेकेदारलाई कौडिको मूल्यमा बेचेर आफुहरु लाखौ कमिशन खाने दाउमा रहेका छन । पेश्की रकम लिइसकेका राई समुह जसरी पनि ठेकेदारको कोटा ५८ जना पु¥याइदिने खेलमा लागेका छन ।

राईले हारगुहार गरेर जाउलाखेल, महाकालचौर र ठिमिमा केहि मानिस पठाएका छन । त्यसमा राईले क्षेत्रपाटीका कार्यालय प्रमुख, महाराजगञ्जकी लेखा प्रमुख र ठिमि शाखाका कार्यालय प्रमुखलाई पनि हारगुहार गरेका छन । त्यसैगरि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वय निर्देशनालयका स्टोर किपरका र रामेछाप र केहि ओखलढुगाका कांग्रेसका कार्यकर्तालाई २४ हजार तलव, एक महिनापछि केयूकेएलबाट करार र पछि स्थायी गरिदिने आवश्वास समेत दिएर काममा पठाएको बुझिएको छ । उनीहरुले पठाएका मानिसहरुले बताएको अडियो रेकर्ड समेत नेपाली जनतासँग सुरक्षित रहेको छ ।
राईले केयुकेएलको व्यवस्थापनको बैठकमा समेत एक महिनापछि अहिले राखेका सबैलाई कम्पनीको तर्फबाट करार गरिहालीन्छ नि भन्ने जवाफ दिएको समेत बुझिएको छ । उनी जसरी पनि तल्लो तहदेखि केयुकेएललाई आफ्नो कब्जामा लिने भित्रि खेलमा लागेको बुझ्न कठिन छैन ।

शाखाका प्रमुखहरुलाई किन ठेकेदारले पठाएका मानिसलाई काममा नलगाएको भन्दै धम्काउन थालेको बुझिएको छ । उनले ठेकेदारलाई सहयोग नगरे विकास बजेट समेत रोकि दिने धम्की दिएका कारण आफ्नो जागिर बचाउन पनि राईको दवाव मान्न बाध्य हुनु परेको न्याउरो अनुहार लगाउदै दुखेसो पोख्ने गरेका छन ।

उनले खरिदका काममा हस्तक्षेप गर्ने गरेको गुनासाहरु सुनिन थालिएको छ । केयूकेएलमा सप्लाईको काम गर्दै आएको खड्ग रिमालको सामान किन्न शाखाका खरिद प्रमुख र स्टोर किपरलाई पनि राई दवाव दिन थालेको समाचार स्रोतले दावी गरेका छन ।

ठेकेदारले मिटररिडरका कामदारलाई २४ हजार परिश्रमिक दिनु पर्ने जिकिर गर्ने केयुकेएलका खरिद प्रमुख दिपेन्द्रबहादुर वलीले शाखाहरुलाई लेखेको पत्रमा कहि कतै कामदार र ठेकेदार कम्पनी वीच पारिश्रमिक सम्झौताको पत्र माग गरेको देखिदैन । सामान्यतय कामदारले कति पारिश्रमिक पाइरहेको छ भन्ने रेकर्ड केयुकेएलले राख्न खोजेको पाइएको छैन । नागरिकता, शैक्षिक योग्यता माग गर्ने वलीको घैटोमा कामदारको भन्दा बढी ठेकेदार कम्पनीको चकडी देखिएको छ ।

ठेकेदार कम्पनीले कामदारलाई खटाएको पत्र शाखालाई निर्देशनात्मक ढंगले दिएको छ । तर उसले पारिश्रमिकको विषयमा केहि बोलेको देखिएको छैन । उसले मासिनसै विच्छे १५,१६ र १७ हजार दिने मौखिक बचन मात्र दिएको सहभागीहरुले बताएका छन ।

५,बैशाख.२०८१,बुधबार २१:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्