महिनादिन अघि मात्रै पोर्चुगल पुगेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्रमा भेटियो

पोर्चुगल । सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस)खोज्ने क्रममा करिब दुई साता अघिदेखि समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ।

समुद्रमा बेपत्ता भएका धादिङको नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो ।

दुई साता अघि मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको थियो ।

सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका थिए । बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले समुद्रमा भेट्टाएको थियो । टेकबहादुरको शव भेटिएको थिएन् ।

धनबहादुर र टेकबहादुरसहित अन्य दुई नेपाली पनि सामुद्रिक जीव खोज्न गएका थिए ।

मोन्तिजो नेपाली समाज पोर्चुगलका सचिव प्रबल भट्टराईका अनुसार दुवै जना समुद्रमा बेपत्ता भएपछि उद्धारका लागि तत्काल प्रहरीलाई खबर गरिएको थियो ।

धनबहादुर वैदेशिक रोजागारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए । यस्तै चार महिनाअघि क्रोसिया आएका टेकबहादुर महिना दिन अघि मात्रै पोर्चुगल आएका थिए । दुवैजना नाताले काकाभतिज पर्छन् । दुवैजना मोन्तिजो बस्दै आएका थिए ।

६,बैशाख.२०८१,बिहीबार ११:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्