हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारको प्रधानमन्त्री प्रचण्डसँग भेट, उद्धारको पहल गरिदिन आग्रह

काठमाडौं । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा–आमासहितको टोलीले भेटेर विपिनको रिहाइका लागि थप पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताएका थिए ।

७,बैशाख.२०८१,शुक्रबार ०९:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्