केयूकेएलमा सिइओ भर्सेश राई चुलियो टकराव , आर्थिकरुपमा कम्पनी टाट बाँडी खाउँ झ्याप झ्याप

काठमाडौं । “बाँदरले आफ्नो घर पनि बनाउँर्दै, अर्काको घर पनि भत्काउँछ ।” यो उखानसँग मिल्दो जिल्दो छ, काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)का पाखण्डीहरुको कार्यशैली ।

प्राविधिक कर्मचारीहरु भ्रष्ट भनेर कहिल्यै नथाक्ने प्रशासन तथा अर्थ विभाग प्रमुख प्रकाशकुमार राई अब आफै महाभ्रष्टमा भएका छन । उनले केयूकेएलका लामो समयदेखि सेवा करारमा काम गर्दै आएका कामदारहरुलाई कान्तिपुर सेक्युरिटि सर्भिस प्रा.लीसँग लाखौं रुपयाँ घुष खाएर रातारात कौडिको मूल्यमा बेच्ने काम गरेका छन । ठेकेदार कम्पनीको विना पारिश्रमिक काम गर्न जान नमान्ने कामदारलाई पूर्व जानकारी समेत नदिइकन छापामार शैलिमा उनीहरुलाई रोजगारीबाट बन्चित बनाउने तुच्छ अपराधिक कार्यमा सहभागी भएका मात्र हैन, राईले उर्दिनै लगाएर शाखा प्रमुखहरुलाई धाक धम्की समेत दिएको खुल्न आएको छ । उनले ठेकेदार कम्पनीसँग लिएको घुष रकम पचाउन हर्दैसम्मको निच काम गरेको उनकै सहकर्मीहरुले बताउने गरेका छन ।

विगत बर्षहरुमा स्वच्छ छवि बनाएका राई आर्थिक मामिलामा यतिसम्म निच र अपराधिक कार्य गर्छन होला भन्नेसम्म सोच्नै नसकेको उनका सहकर्मीहरुको तर्क रहेको छ ।

यो कर्ममा राईका सारथि भएका छन, खरिद प्रमुख दिपेन्द्रबहादुर वली र प्रशासन तथा संसाधन महाशाखा प्रमुख योगेन्द्र बहादुर बम ।
प्रकाशकुमार राई प्रशासन तथा अर्थ विभाग प्रमुख भएपछि केयुकेएलका शाखाहरुमा विकास बजेट निकाशा दिएका छैनन । उनले पत्याउने नसकिने कमिशन मागेका कारण शाखा प्रमुखहरु उनीसँग शाखाका काम र बजेट निकासा माग्न पनि जान छोडेका छन । उनले समय समयमा जाँडको व्यवस्थापन गर्ने ललिपुर शाखाका प्रमुख, ठिमि शाखाका प्रमुख अनिल टिखत्री र प्रशासन प्रमुख मधुसुधन अर्याल, र्कितिपुर शाखा र क्षेत्रपार्टी शाखा प्रति अलिक लचक देखिएका छन ।

अर्यालले ठिमि शाखामा गएर गरेका बद्मासीको फेरियस्ती लेखि साध्य नै छैन । उनी तीन बजेपछि बनचरीको सिकार रोज्न निस्कने गरेको कुरा शाखामा चर्चाको विषय समेत बन्दै आएको छ ।

उनले केहि ठाउँमा ट्युवयल संचालनै नहुने ठाउँमा समेत लाखौ खर्च गरेर टहरा बनाउने र चालक राखेर तलव आधा आधा खाने गरेको समेत स्रोतले खुलासा गरेको छ ।

ठिमिका अनिलले नगरपालिकाको करोडौ रकम ल्याएर पाइप लाइनको काम गरिरहेका छन भने नक्कली मिटर आफ्नै कर्मचारीमार्फत खरिद गरेर केयूकेएललाई दैनिक लाखौ रुपयाँ नोक्सानी पु¥याउदै आएका छन ।

ललितपुर शाखामा कार्यालयकै एउटा कोठामा मिटर स्टोर गरेर बिना बिल ग्राहकलाई मिटर विक्रि वितरण गर्न राईले मौन सहमति दिएको शाखा स्रोतले बताएको छ ।

राई र योगेन्द्र बमले प्रत्येक कर्मचारीहरुसँग मासिक खाम बन्दी लिने गरेको शाखा स्रोतले बताएको छ । उनीहरुलाई खाम बन्दी बुझाउन आलटाल गर्ने जो सुकै कर्मचारीलाई सरुवा गर्ने गरिन्छ । राईले बानेश्वर शाखाका सुमन थापासँग ठुलो रकम लिएर शाखामै सरुवा थमौति समेत गरेका छन । तत्कालीन ज्ञानेन्द्र बहादुर कार्कीले थापाको काज सरुवा बदर गर्न नमानेपछि राईले आफ्नो जापान तालिमको टिकट समेत रद्द गर्न लागेपछि बाध्य भएर राईको टिप्पणी कार्कीले सदर गरेका थिए ।

यसमा जापान जाने खर्च बम र राईलाई थापाले जोहो गरिदिएको स्वयं थापाले आफु निकटस्थहरुसँग भन्ने गरेका छन ।
त्यसैगरि नेपाली कांग्रेसका क्षेत्रिय सभापति र महाधिबेशन प्रतिनिधिहरुलाई पनि राई र बमले मासिक खाम बुझ्ने सर्तमा कारवाहि प्रक्रिया रोकेको आरोप तत्कालीन प्रशासन तथा अर्थ विभाग प्रमुख तिमिल्सीनाले बताएका थिए ।

उनले कार्कीलाई राई जस्तो महाभ्रष्ट केयूकेएलमा कर्मचारीहरु नै छैनन त्यसैले राईलाई विभाग नदिनु भनेका कारण राईलाई विभाग दिन कार्कीले निक्कै आनाकानी समेत गरेका थिए ।

यतिखेर केयूकेएलमा सिइओ अशोककुमार पौडेल राई, वम र वली सिध्याउने खेलमा लागेका छन भने राई, वम र वली सिइओ पौडेललाई सिध्याएर आफुहरु एक लौटी राज गर्ने खेलमा लागेका छन ।

जुन निर्णय गरेर जागिरबाट हात धुन परेको थियो त्यहि निर्णयलाई लागू गर्न राई समुह लाग्नुले पनि कमिशनको चक्कर रहेको बुझ्न कठिन भएन । तत्कालीन सिइओ मिलनकुमार शाक्यले बोर्डबाट पास गराएको ठेक्काबाट कामदार लिने निर्णयको विरुद्धमा वली र राईले विभिन्न निकायमा उजूरी समेत हालेको समाचार स्रोतको दावी छ । त्यतिखेर ठेक्का हुदाँ त्यसवापतको कमिशन शाक्यले खाने पक्का भएको कारण रोक्ने प्रयास मात्र भएको कुरा बुझ्न कठिन भएन ।

आफ्नो हात जगनाथ भएपछि उनीहरु त्यहि मृत्युशैयामा पुगेको लास बचाउने प्रयासमा समेत लागेका छन । बोर्ड र अख्तियार देखाएर ठेक्का लगाएका राई र वलीलाई केयूकेएल संचालक समितिले प्रश्न सोध्ने तयारी समेत गरेको संचालक समिति स्रोतले बताएको छ ।

११,बैशाख.२०८१,मंगलवार १६:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्