बझाङमा चुनावी अभियान चलिरहेका बेला एमाले उम्मेदवार दमन भण्डारीलाई पितृशोक

कैलाली । बझाङ उपनिर्वाचनमा एमाले उम्मेदवार रहेका दमन भण्डारीलाई पितृशोक परेको छ ।

वैशाख १५ गते हुँदै गरेको बझाङको प्रदेश सभा क्षेत्र नं १ को उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाटका उम्मेद्वार रहेका नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष दमन भण्डारीका बुवा चक्र भण्डारीको निधन भएको छ ।

बिरामी रहेका ८८ वर्षका भण्डारीको बझाङ छबिसपाथिभरा गाउँपालिका १ भण्डारी गाउँमा निधन भएको हो । भोलि दाहसंस्कार गर्ने परिवार स्रोतले बताएको छ ।

११,बैशाख.२०८१,मंगलवार ११:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्