काठमाडौंबाट हेटौँडा गइरहेको सुमो चन्द्रागिरिमा दुर्घटना

काठमाडौं। काठमाडौंबाट हेटौँडा गइरहेको सुमो उकालो तान्न नसकी थानकोट-चित्लाङ सडक खण्डमा बाटोबाट खसेको छ।

ना १ ज ६२६१ नम्बरको टाटा सुमो चन्द्रागिरि नगरपालिका-४ कालो होलमा सडकबाट ५० मिटर तल खसेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले उकालो चढ्न नसकेपछि यात्रुलाई उतारेरमाथि जान खोज्दा सडकबाट तल खसेको जानकारी दिए । ११ जना यात्रु लिएर सुमो हेटौँडा गइरहेको थियो ।

१३,बैशाख.२०८१,बिहीबार १३:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्