केयुकेएलमा त्रिपक्षिय भिड्न्त, राईले गरे क्यासमा मिटरको भुक्तानी

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) त्रिपक्षिय षडेन्त्रको भूमरीमा क्रमशः फस्र्दै गएको छ ।

समयमै यस्ता षडेन्त्रकारीहरुलाई केयूकेएलको व्यवस्थापनबाट पाखा नलगाउने हो भने, भोलि राजधानीका जनता काकाकुल हुने अवस्था नआउला भन्न सकिर्दैन । ९ जना पानी चालक, भल्भ अप्परेटर भएको शाखामा तीन जनाको म्याद थप गरेर दुनियाँ हसाँउने केयूकेएलको व्यवस्थापकहरुको विरोध गर्दै महाराजगञ्ज शाखाबाट डेलिगेशन नै आएको केयूकेएल केन्द्रिय कार्यालय स्रोतले नेपाली जनतालाई बताएको छ । उनीहरु पनि सेवा करारका कामदारहरुको म्यादकै विषयमा यसरी केन्द्रिय कार्यालयमा डेलिगेशन आउनु परेको स्रोतले दावी गरेको छ ।

केयुकेएलमा ज्ञानेन्द्रबहादुर कार्की सिइओ भएपछि सेवा करारका कामदारहरु माथि थिचोमिचो शुरु भएको थियो । कार्की, प्रकाश कुमार राई, योगेद्रबहादुर बम र दिपेन्द्रबहादुर वलीको समुहले यस्तो कार्य गर्न शुरु गरेका थिए ।

उनीहरुले शाखामा बजेट नपठाउने देखि सेवा करारका कामदारालाई घरको नोक्कर जस्तो व्यवहार गर्दै उनीहरुलाई मनोबैज्ञानिक त्रास हुने गरि २८÷२८ दिनका दरले म्याद थप गर्दै आएका थिए ।

सिइओमा अशोककुमार पौडेल आएपछि उनीहरुले पौडेललाई केयुकेएल संचालक समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डर, धाक, धम्की र त्रास देखाएर कामदारको म्यादमा खेलेर ठेक्कामा कामदार लगाउने र ठुलो रकम कमिशन खाने खेल मात्र होइन यहि मेसोमा पौडेललाई असफल बनाउने दुस्प्रयास भएको छ ।

विदामा बसेका कार्कीलाई सिइओ पौडेलले डिसिइओ नियुक्तिका लागि खरिद प्रमुख वलीलाई निर्देशन दिनसाथ रातारात कार्कीलाई कार्यालयमा हाजिर गराएर उनलाई उचाल्ने काम भइरहेको छ ।

कार्की केयूकेएलमा पिथ नभएको लोटाको नामले परिचित छन । उनी कुरै बुझिकन बुरुक्क उर्फने मानिस हुन ।
योगेन्द्र बहादुर बम र प्रकाश कुमार राईले राखेका ठेकेदार कम्पनीका मानिसलाई निरन्तर मिटररिडङ भएको एरियामा पठाउन खोजेपछि स्थायी मिटररिडरहरुले जाउलाखेल शाखामा राई र वमको योजना तुहाईदिएका छन । सप्लार्यस ओमप्रकाश अग्रवालको मिटर खरिद गरेर राईले जाउलाखेल शाखामा राखेका छन । उनीहरुले अग्रवाललाई क्यासमा भुक्तानी गरेर करोडौ कमिशन खाने योजना समेत बनाएको समाचार स्रोतले दावी गरेको छ । मिटर को ठेक्का लगाएरको धेरै समयपछि पनि मिटर ल्याउन नसकेको वहनामा दिपेन्द्र वलीले वीचमा व्यापक चलखेल गरिरहेका छन ।
जव केयूकेएलको लेटरप्याड प्रयोग गरेर खरिद गरिएको मिटरमा किन आन्तरीक प्रशासन प्रमुख नवलसिंह साउद, प्रकाशकुमार राई, ज्ञानेन्द्रबहादुर कार्कीले गैर कानूनी ढंगले नगदै भुक्तानी गरेको विषयमा व्यापक कुरा उठेको छ ।

जाउलाखेल शाखाबाट १०५ नम्बरमा कोठामा राखेर विक्रि वितरण गरिएको मिटरको हप्तामा एक पटक राई, वम, साउद र वलीले भुक्तानी लिने गरेको बुझिएको छ ।

केयुकेएलमा सिइओ पौडेलको सिंगल ग्रुप रहेको छ । उनलाई शाखाका केहि प्रमुखहरुले साथ दिईरहेका छन भने, राईको प्रशासन तथा लेखाको ग्रुप रहेको छ । केन्द्रिय कार्यालयका प्राविधिकहरुको ग्रुपको लिडर कार्की रहेका छन । पौडेलले शाखा प्रमुखहरुलाई हातमा लिएर काम गर्ने योजना बनाउन लागेको बुझीएको छ । उनले आफु र शाखा प्रमुखहरुको छुट्टै समुह बनाएर काम गर्दै आएका छन ।

जाउलाखेलका एक जना कर्मचारीहरुको छोराको विवहा पार्टीमा राईले अत्याधिक मदिरा सेवन गरेर एकिकृत स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष गोपालसिंह धामी र महासचिव प्रेम त्रिपाठीलाई आमाचकारी गाली गरेको सहभागीहरुले नाम उल्लेख नगर्ने सर्तमा नेपाली जनतालाई बताएका छन ।
नवलसिंह साउद र योगन्द्र बहादुर बमको गोलचक्करमा फसेका राईको उचाईमा पुगेको कद उनकै कारण क्रमशः घट्न लागेको छ । उनीलाई सिध्याउन भित्र भित्र ठुलो डिजाइन बन्र्दै गरेको पनि समाचार स्रोतले दावी गरेको छ ।

गुट बन्दीमा माहिर कार्की, राई, वम, केसी, मरट्ठाहरु सिइओ पौडेलको कार्यक्षमता ज्यादै टिठ लाग्दो देखिएपछि एक हुने तयारीमा लागेका छन । यसको नेतृत्व खुलेरै कार्की गर्ने सहमति भएको बुझिएको छ ।

सिइओ पौडेलले एशियाली विकास बैकको बैठकमा लाचारी समेत प्रकट गरेका कारण पौडेलसँग एशियाली विकास बैकका प्रतिनिधिहरु समेत रुष्ट भएका छन । एशियाली विकास बैकका प्रतिनिधिहरुसँग ट्याकल गर्न अथाहा क्षमता भएका आयोजना प्रमुख राजेन्द्र सापकोटा, भ्याली बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणा, पूर्व सहसचिव त्रिरेशप्रसाद खत्री देखेको एडिवि पौडेलको कार्यक्षमता देखेपछि तीन छक परेको समाचार स्रोतले दावी गरेको छ ।
त्यसैले केयुकेएल बोर्डले केयुकेएलका यी भ्रष्ट र बद्नाम पात्रहरुलाई समयमै नियन्त्रणमा लिन जरुरी भइसकेको छ । केयूकेएलको मिटररिडर, पानीको चावी र भल्भ बन्द गराएर केयूकेएल असफल बनाउने प्रयासका पछिल्ला कारीन्दाहरु पौडेल, कार्की, राई, साउद र वमलाई कारवाहि गरेर शुद्धिकरण गर्नु पर्ने आवाज पनि उठ्न थालेको छ ।

१३,बैशाख.२०८१,बिहीबार १३:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्