कतार एयरको जहाजमा धुवाँ देखियो, निरीक्षण गर्दै प्राविधिक

काठमाडौं । त्रिभुवन विमानस्थलमा कतार एयरवेजको जहाजमा धुवाँ देखिएको छ । पार्किङमा रहेको कतारएयरको जहाजको पछिल्लो भागमा केहीबेर अघि एक्कासी धुवाँ उठेको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जहाज परीक्षणका लागि अहिले प्राविधिक टोली खटाइएको छ ।

‘धुवाँमात्र देखिएको हो कि अन्य के समस्या भएको प्राविधिकहरूले निरीक्षण गरिरहेका छन् । विस्तृत विवरण आउन बाँकी छ’, झाले भने ।

२४,बैशाख.२०८१,सोमबार १४:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्