सुनकोशीको बाढीले बगायो नवलपुरघाट जोड्ने मोटेरेबल पुल
वि.सं.२०७८ जेठ १४ शुक्रवार ०७:४६
shares

काठमाडौं । सुनकोशी नदीमा आएको बाढीले पुल बगाएको छ।
ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर २ नवलपुरघाट जोड्ने मोटेरेबल पुल बाढीले बगाएको हो।
निर्माणाधीन अवस्थामा रहेको यो पुल २ सय १० मिटर लम्बाइको थियो। पुलको करिब ४० मिटर भाग बिहीबारको बाढीले बगाएको छ।
यो पुल करिब २३ करोड लगानीमा चुँदी कन्ट्रक्सन प्रा.लि सानेपाले निर्माण गर्दै थियो।
























