काठमाडौं । अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले धरपकड गदै अमानविय ढंगले...

पुरा पढ्नुहाेस्

ओलीकै झै विचौलियाहरुको पोल्टामा कार्की, जेल जाने पहिलो प्रधानमन्त्री कार्की हुने संकेत ?

जेनजी आन्दोलन भड्काएको अभियोग प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याललाई लागे के होला ?

5.79K
shares
khanepani bord

काठमाडौं । जेनजी आन्दोलनको जगमा बनेको शुशिला कार्कीको आठ सदस्य मन्त्रीपरिषद्ले एक महिना बढी समय भइसक्दा पनि पुर्णता पाउन सकेको छैन ।
यो सरकार पनि भ्रष्टाचार अनियमितताको खाडलभन्दा बाहिर जान सकिरहेको अवस्था छैन । नेपालमा किन भ्रष्टाचार र अनियमितता हुन्छ र यसको निराकरण के हुन सक्छ भन्ने हो भने यसको एउटै प्रश्न हुन्छ ? प्रधानमन्त्री, मन्त्री र कर्मचारीहरु भ्रष्ट भएका कारण देशमा भ्रष्टाचार हुने गरेको छ ।

कारण यति मात्र हैन, भ्रष्टाचारीहरु र अनियमित काम गर्ने र गराउनेहरुलाई कारवाहि भन्दा पनि नियमन निकायका अधिकारीहरुले भ्रष्टाचारीहरुसँग कोशेली लिने र तिनिहरुलाई घुमाई फिराई जोगाउने प्रपञ्च नै भ्रष्टाचार र अनियमितकाम गराउने एउटा अस्त्र हो ।

यसमा विचौलियाहरुको ठुलो गिरोह सामेल भएको हुन्छ । प्रधानमन्त्री, मन्त्रीहरु, मुख्य सचिव, सचिवहरु, सहसचिव, उपसचिव, शाखा अधिकृत, नायब सुब्वा निजामति तर्फ सरिक हुन्छन भने, प्रहरी प्रशासनमा पनि प्रधामन्त्री, मुख्य सचिव, सम्बन्धीत बिभागको मन्त्री, सचिव, शुरक्षा प्रमुख, खरिद, प्रशासन, अनुसन्धान शाखासँग सम्बन्धीत हुदै तलसम्म सामेल भएकै हुन्छन ।

त्यसै गरि जिल्ला, महानगरपालिका, उपमहानगर नगरपालिका, नगरपालिका हुदै बडा कार्यालय र अदालतहरु सबैमा विचौलियाले आफ्नो पहुँच विस्तार गरेको हुन्छन ।
त्यसै गरि प्रभावशालि पत्रकार, सञ्चार माध्यामलाई पनि विचौलियाहरुले आफु अनुकुल चलाएका हुन्छन ।

नेपालका सञ्चारमाध्यममा प्रत्यक्ष अप्रत्यक्ष कालोधनको लगानी देखिएको छ । कुनैमा विदेशि दातृ निकायहरुको लगानी छ । कुनै कुनै सञ्चारमाध्यममा कालो धनको लगानी भएको पाइन्छ । यीनै सञ्चारमाध्यमको सरकार, उद्योगी घरना, अदालत र विदेशि दातृनिकायसम्म पहुच विचौलियाहरुले बनाइदिने चलन विगतदेखि नै रहदै आएको छ । यसरी पहुँच हुने पत्रकार र सञ्चारमाध्यमहरुको आर्थिक हैसियत रात दुई गुना र दिन चौगुनाले प्रगति हुन्छ, भने भ्रष्ट र कालो धन्दा गराउनेहरुसँग पहुँच नहुने पत्रकार र संञ्चारमाध्यमहरु क्रमशः दुब्लाउदै मर्ने अवस्थामा पुगेका हुन्छन ।

हामी धेरै टाढा जानु आवश्यकता नै छैन । प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र पार्टी अध्यक्षहरुले बेला बेला सम्पादकहरुसँगको भेटघाटलाई उदाहरण रुपमा लिन सक्छौं । उनीहरुले बोलाउने पत्रकारहरुले लेखेका समाचार र ती सञ्चारमाध्यमलाई लिने हो भने उनीहरुको जतिबेला र जुनसुकै सरकारमा पनि पहुच हुन्छ । विचौलियाहरुको मुख्य पात्र एउटै हुन्छ तर, उनका कारिन्दाहरु फरक पार्टी, फरक व्यक्ति र फरक अवस्थामा फरक फरक पात्रहरुको प्रयोग र उपयोग गरेको पनि अध्यायनले देखाउँछ ।

धेरै टाढा जानु आवश्यकता छैन, प्रधानमन्त्री शुशिला कार्कीको प्रधानमन्त्री हुदाँ र नभएको समयमा एउटै व्यक्ति प्रतिको धारणाले मेरो भनाईको पुष्टि हुन्छ । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व गृहमन्त्री रवि लामिछानेको विषयमा बोलेका भाषा, शब्दको छनोट, उनको हाँउभाँउ र तर्कले प्रधानमन्त्री कार्की हिजो केपी ओली शर्मालाई चलाउने विचौलियाहरुको चगुलमा फसेको अनुमान होइन ठोकुवा गरेर भन्न सकिन्छ ।

त्यसैले सारमा देश नेपालका कुनै पार्टीहरु, कुनै नेताहरुले चलाएका छैन, कुनै शक्ति समुहको विचौलियाहरुको ग्याङले चलाएको छ भन्न कुनै संकोच मान्नु पर्ने अवस्था छैन ।
यस्तै अवस्था रहने हो भने, प्रधानमन्त्री र गृहमन्त्रीका रुपमा प्रहरी कस्टरी हुदै जेल जाने पहिलो महिला प्रधानमन्त्री शुशिला कार्की र बरिष्ठ अधिवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्याल हुने छन ।

कुनै पनि आन्दोलनबाट गठित सरकारले आन्दोलनकारीहरुलाई अपराध गरेको अभियोगमा प्रहरी हिरासत र र्पुपक्षमा जेल चलान भएको यहि जेन्जी आन्दोलनपछि नै होला ।
पहिले पहिलेका आन्दोलनमा पहिलो सर्त नै आन्दोलनमा थुनामा परेका आन्दोलनकारीहरुलाई आस्थाका बन्दीका रुपमा रिहाई गरिनु पर्छ । आन्दोलनमा घाइते र अङभङ भएका आनदोलनकारीलाई सरकारले उपचार गर्नुपर्छ आन्दोलनकारीहरुलाई धरपकड गर्ने र जेल पठाउन नपाई सर्त र बन्देजहरु गरेको पाइन्छ तर, यो आन्दोलनको उपलब्धी कार्कीलाई प्रधामन्त्री र अर्याललाई गृहमन्त्री दिएपछि अरु विषय सफाचट भएको पाइएको छ । यस्तो लेखिरहदाँ अपराधिहरुलाई उन्मुक्ती दिनुपर्छ भन्नेचाँहि होइन ।

आन्दोलनको उपलब्धीको सामान्य सिद्धान्तहरुलाई परिपालन गरेको पाइदैन । त्यसैले वर्तमान सरकारलाई जेन्जी आन्दोलन भड्काएर लाभ लिन खोजेको अभियोग किन नलगाउने ? उनीहरुले प्रधानमन्त्री र गृहमन्त्री हुनका लागि आन्दोलनमा घुषपैठ गराएर आगजानी गरेको अभियोग निर्वाचनपछि वा संसदपुर्नस्थापनाभएर बन्ने सरकारले लगाएमा आश्चार्य मान्नु पर्ने अवस्था हुने छैन ।

khanepani