गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँदै

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँदै छन् । केहीबेरमा शुरू हुने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची छ ।

संविधानको धारा १ सय ६८ को ५ बमोजिम गण्डकी प्रदेश प्रमुख सीता पौडेलले गत जेठ २९ मा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । संविधानमा मुख्यमन्त्रीले सपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

विश्वासको मत लिन पोखरेलले प्रदेशसभा सचिवालयलाई लिखित जानकारी गराइसकेका छन् । पोखरेल मुख्यमन्त्री हुँदा कांग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा नेपाल, जनता समाजवादी पार्टी र स्वतन्त्र १ सांसद गरी ३१ सांसदको समर्थन जुटाएका थिए ।

प्रदेशसभामा हाल कायम ५९ सदस्य रहेकोले उनलाई विश्वासको मतका लागि बहुमत पु-याउन ३० मत चाहिन्छ ।

४,असार.२०७८,शुक्रबार ११:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्