प्रधानमन्त्री शेरबहादुर देउवा माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा जाँदैछन् ।

यी दुई नेता निकट स्रोतका अनुसार अपरान्ह ५ बजे नेता नेपाललाई भेट्न देउवा उनकै निवासमा जान लागेका हुन् ।

माधव नेपाल समूहका २६ सांसदले समर्थन गरेपछि देउवाले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा दावी पेश गरेका थिए ।

पछि सर्वोच्च अदालतले देउवाको उक्त दावी नै वैधानिक भनी प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको थियो ।

३०,असार.२०७८,बुधबार १७:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्