काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सबैभन्दा बढी प्रतिस्पर्धाको पद सचिव हुने...

पुरा पढ्नुहाेस्

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतमा हुने चार देशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने

5.11K
shares
khanepani bord

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतमा हुने चार देशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको जानकारीअनुसार नेपालले भारतमा डिसेम्बर ९ देखि २१ सम्म हुने प्रतियोगिता खेल्न लागेको हो । नेपाली महिला टोलीले गत महिना एएफसी एसियन कप छनोट खेलको थियो ।

भारतमा हुने प्रतियोगितामा आयोजक भारतसँगै नेपाल र थाइल्यान्डले खेल्ने भनिएको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए ।

‘भारतमा हुने र चार टोलीले खेल्ने भनेको छ, तीमध्ये भारत, नेपाल र थाइल्यान्ड निश्चित भयो भने जस्तो लाग्छ,’ उनले भने, ‘भारतको कुन ठाउँमा भन्ने पनि जानकारी छैन ।’

khanepani