राम सीता विवाह पञ्चमीको अवसरमा जनकपुरधामका शैक्षिक संस्थाहरु तीन दिन बन्द हुने

जनकपुरधाम । राम सीता विवाह पञ्चमीको अवसरमा जनकपुरधामका शैक्षिक संस्थाहरु तीन दिन बन्द हुने भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमीको अवसरमा तीन दिन शैक्षिक संस्थाहरु विदा दिने निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहीलाल यादवले जानकारी दिए । उनले जारी गरेको सूचना अनुसार मंसीर २१, २२ र २३ गते नीजि, सामुदायिक तथा अन्य शिक्षण संस्थाहरु बन्द रहनेछ ।

यसवर्ष विवाह पञ्चमी मंसिर २२ गते परेको छ । साताव्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत मंसिर १७ गतेदेखि नगर दर्शन र १८ गते फूलवारी लीला मनाइयो भने आज धनुष यक्ष हुंदैछ ।

प्रदेश सरकारले विवाह पञ्चमीको मुख्यदिन मंसिर २२ गते सार्वजनिक विदा दिएको छ । विवाह पञ्चमीका कारण जनकपुरमा मंसिर १७ गतेदेखि नै माछा, मासु, मदिरा र लागुपदार्थ खरिद विक्री तथा सेवनमा प्रतिबन्ध गरिएको छ ।

१९,मंसिर.२०७८,आईतवार १५:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्