रामेछापका युवालाई पार्टी प्रवेश गराउँदै माधव नेपालले भने, नेकपा एसप्रति युवाको आकर्षण बढ्यो

काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिकाका विभिन्न वडाबाट नेकपा एमाले र कांग्रेसमा आबद्ध युवाहरु नेकपा एकीकृत समााजवादीमा समाहित भएका छन् ।

काठमाडौंको अरिकल इमेन्ट्समा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले १ सय ३७ जना युवालाई स्वागत गरेको पोलिटव्युरो सदस्य तथा नेकपा एसका रामेछाप जिल्ला सहइन्चार्ज होम बुढाथोकीले बताए ।

मझुवा, पकरवास, भिरपानी लगायतका गाउँबाट युवाहरुको ठूलो समूहले एमालेबाट विद्रोह गरेको उनले बताए । नेकपा एसमा प्रवेश गर्नेमा नर्बु घिसिङ, श्याम घिसिङ, रमेश लामा, अशोक लामा, मित्र मोक्ता, प्रदिप मोक्ता, धावा दोर्जे घिसिङ लगायत छन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले, कांग्रेस र स्वतन्त्र रहेका ठूलो संख्यामा युवाहरु नेकपा एसमा आकर्षित भएको बताए ।

उनले भने- यो पार्टीमा युवाहरुले भरोसा गरेका छन् । हामीले बेरोजगारी मुक्त गर्ने भनेका छौं । हामी समाज परिवर्तन गर्ने शक्ति हौं त्यसैले अब नेकपा एकीकृत समाजवादी नै नेपालको मूलधार हो । यो महा अभियानलाई अघि बढाउन गतिशील नेता र योद्धाहरु चाहिन्छ, जुन शक्ति हामी छ ।

नेपालले कोरोना महामाकारीका कारण नेकपा एसको अभियानमा केही विराम लागेको बताए । कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य देवशंकर पौडेल, होम बुढाथोकी, प्रदेश कमिटी सदस्य रमेशबाबु श्रेष्ठ, समाजवादी प्रेस संगठनका बरिष्ठ उपाध्यक्ष विश्वमणी सुवेदी लगायतका नेताहरु सहभागी थिए ।

११,माघ.२०७८,मंगलवार १५:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्