रामेछाप जिल्ला समन्यव समितिको प्रमुख खड्का सम्मानीत

काठमाडौं । रामेछाप जिल्ला समन्य समितिको प्रमुखमा निर्वाचित भएकोमा चिना खड्का कार्कीलाई आज एक समारोहगरि बधाई तथा सम्मान गरिएको छ । यहि बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा वडा सदस्यमा निर्वाचित चिना खड्कालाई नेपाली कांग्रेसले जिल्ला समन्य समितिको प्रमुखमा उम्मेदवार बनाएको थियो । नेपाली कांग्रेस र नेकमा माओवादीवीच गठबन्धन भएपछि सो गठबन्धनमा नेपाली कांग्रेसले समन्वयको प्रमुख पाएको थियो ।

श्री हिमगंगा मावि साघुटारमा अध्यायन गरेकि खड्कालाई श्रीहिमागंगा माविको भुतपूर्व विद्यार्थी समाज २०५३ ले आफ्ना सहपाठी जिल्ला समन्य समितिको प्रमुख पदमा निर्वाचित भएको उपलक्ष्यमा बधाई तथा सम्मान गरेको हो । विद्यार्थी समाजका अध्यक्ष मनोज बज्र्राचार्यको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

४,असार.२०७९,शनिबार १७:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्