थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

नेपाली जनता

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५५७ जनाको पीसीआर परीक्षणमा २८ जना र ८५० जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जना निको भएका छन् भने हाल देशभर १४२ जना सक्रिय संक्रमित रहेका छन् ।

यो पनि पढ्नुहोस  माओवादी छाडेर राप्रपामा गएका बेलबहादुर वडा अध्यक्षमा विजयी
८,असार.२०७९,बुधबार १७:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: