काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

दाङको सामुदायिक वनमा एक जना पुरुषको शव फेला

6.11K
shares
khanepani bord

दाङ । दाङको सामुदायिक वनमा एक जना पुरुषको शव फेला परेको छ।

राप्ती गाउँपालिका-१ भालुवाङस्थित राप्ती सामुदायिक वनमा वडा नम्बर-८ पिपरी निवासी ४५ वर्षीय दलबहादुर चौधरीको शव फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

मंगलबार बिहान जंगलमा च्याउ खोज्न जंगल गएका महिलाहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।

घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए ।

IME
khanepani