काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले फागुन २१ को निर्वाचनपछि मात्रै महाधिवेशन...

पुरा पढ्नुहाेस्

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले आज विश्वासको मत लिने, सभामुखका लागि निर्वाचन

5.21K
shares
khanepani bord

जनकपुरधाम । मधेश प्रदेशसभा आजको बैठकमा मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने र सभामुखका लागि निर्वाचन हुने भएको छ ।

प्रदेशसभा सचिवालयले सोमवारका लागि बैठक डाकिएको थियो । पोखरामा भएको विमान दुर्घटनामा ७२ जनाको निधन भएपछि सोमवार शोक दिएकाले बैठक स्थगित गरिएको थियो ।

हिजो स्थगित बैठक आज दिउँसो १ बजेका लागि डाकिएको छ । बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने र प्रस्तावित सभामुखहरूको सूची निर्माणार्थ प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

सत्ता साझेदार दलहरूको समर्थनमा जसपा संसदीय दलका नेता यादवले पुस २७ मा मुख्यमन्त्री नियुक्त भए । २९ गते पद तथा गोपनीयताको शपथ लिएका उनले आज विश्वासको मत लिने तयारीमा छन् ।

यस्तै सभामुखका लागि सत्ता साझेदार दलहरूको तर्फबाट नेकपा एमालेका रामचन्द्र मण्डल र प्रतिपक्षी दल कांग्रेसका जंगीलाल राय उम्मेदवार बनेका छन् । लोसपा मण्डललाई समर्थन गरिसकेको छ भने नेकपा एस कुनै निर्णय गर्न सकेको छैन ।

प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १६, जनमत १३, लोसपा र माओवादी केन्द्रका ९र९, नेकपा एसका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक सांसद छन् । यस्तै पाँच स्वतन्त्र सांसद छन् ।

khanepani