शिव परियारको स्वरमा त्रिकोण प्रेममा आधारित कथावस्तु बोकेको गीत ‘धोका’ सार्वजनिक

काठमाडौं । शिव परियारको स्वरमा त्रिकोण प्रेममा आधारित कथावस्तु बोकेको गीत ‘धोका’ सार्वजनिक भएको छ ।

ओएसआर डिजिटलबाट रिलिज भएको सो गीतमा आकाश श्रेष्ठ, करुणा श्रेष्ठ र आनन सिंहको सराहनीय भूमिका रहेको छ।

गीतको शब्द नारद पोखरेलले लेखेका हुन्, भने, संगीत संकेत अगस्तीको रहेको छ।

यो गीतमा संगीत संयोजन रिदम कँडेल र मिक्सिंग मास्टरिङ्ग महेश्वर मान राजभण्डारीको रहेको छ। निर्देशन राजेश पुमा राइले गरेका छन् भने निर्माता गीतकार स्वयम् रहेका छन्।

उत्सव दाहालको छायांकन, अस्मिता राइको शृंगार र विकास दाहालको सम्पादनले गीतलाई अझै सजाउन मद्दत पुर्‍याएको छ।

२४,असार.२०८०,आईतवार १०:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्