बिहे सकेर कन्सर्टका लागि दुबई उडिन् एलिना चौहान, श्रीमान विष्णु पनि सँगसँगै

काठमाडौं । गायिका एलिना चौहान आफ्नो बिहेवारि सकेपश्चात् पहिलो विदेश यात्रामा निस्किएकी छन् । उनी सांगीतिक कार्यक्रमका लागि हिजो दुबई प्रस्थान गरेकी हुन् ।

एलिनाले विष्णु सापकोटासँग वैशाख वैशाख ५ गते लगनगाँठो कसेकी थिइन् । विवाहको ठिक अगाडि पनि उनी विदेश यात्रामा नै थिइन् । वैशाख ३ गते मात्रै साइप्रसबाट फर्केर उनले हतारमा बिहे गरेकी हुन् । बिहेपछि एलिना र विष्णुले केही दिन घुमघाममा बिताएका थिए ।

बिहेको १५ दिनपछि नै एलिना आफ्नो पुरानो दैनिकीमा फर्किएकी छिन् । फरक यति मात्र कि अहिले उनी जता जाँदा पनि श्रीमान् साथमा हुन्छन् । दुबई यात्रामा पनि एलिनालाई विष्णुले साथ दिएका छन् । उनीहरू हिजो बिहान दुबई ओर्लेका थिए ।

बागलुङ घर भएका विष्णु अष्ट्रेलियामा बसोबास गर्छन् । एलिनालाई पनि चाँडै अष्ट्रेलिया लैजाने उनको योजना छ ।

२३,बैशाख.२०८१,आईतवार १७:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्