खेलकुद पूर्वाधार निर्माणमा बजेट आयो तर कार्यान्वयन भएन: नेता कँडेल

सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले संघ, प्रदेश र स्थानीय तह भएपनि कर्णालीमा सरकार खोज्दा नभेएटिएको बताएका छन् ।

शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भएको ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै सरकार भएपनि खोज्दै जाँदा सरकार नै नभेटिने र हेर्दै जाँदा जताततै सरकार देखिने वर्तमान अवस्था रहि आएको बताएका हुन् ।

यो प्रवृत्तिलाई कसरी परिवर्तन गर्ने हेक्का राख्न आवश्यक रहेको धारणा राखे । सरकारी संयन्त्रले गर्ने कार्यहरुले नतिजा दिन नसकेको अवस्था र सार्वजनिक कार्यक्रमहरुमा देखिने मन्त्रीको उपस्थिति बाक्लो देखिने बताए ।

कर्णालीमा राष्ट्रियस्तरका खेल प्रतियोगिता आयोजनाका लागि पूर्वाधार निर्माण गर्नु आवश्यक रहेको नेता कँडेल बताए । दशैं राष्ट्रिय खेलकुद प्रयोगिताका लागि कर्णालीमा पूर्वभ्यास हुने छ,’उनले भने, ‘२०८१ मा हुने उक्त कर्णालीको लागि प्रतिष्ठाको विषय बनेको हो । खेलकुदका पूर्वाधार निर्माण गर्न बजेट मात्र आयो तर कार्यान्वयन हुन् सकेन् ।’

कर्णालीलाई जति रुपैयाँ चाहिन्छ त्यो नभएको र जति रुपैयाँ आएको छ त्यो रुपैयाँले कर्णालीका अन्य जिल्लामा पनि पूर्वाधार निर्माण गर्नु पर्नेमा जोड दिए ।

कर्णालीमा बजेट निर्माण गर्दा पाएक पर्ने ठाउँमा खेलमैदान बनाउ नेता कँडेल भने, ‘मैनतडाको खेलमैदान, लाटिकोइलिको अलैयाचौरको खेलमैदान, वीरेन्द्रनगर चिसापानीको खेलमैदान, पन्चपुरीको खेलमैदान र हाल निर्माण भइरहेको प्रदेश रंगशालालाई हामीसँग भएको बजेटबाट अगाडि बढाउन सकियो भने २०८१ को दशैं राष्ट्रिय खेलकुदमा पूर्वाधार अभावका कारण खेल रोकिने छैनन् ।

२०,पुष.२०८०,शुक्रबार १४:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्