भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा,राजविराजमा सार्वजनिक बिदा

जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा सप्तरीको राजविराज नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेको छ ।

सोमबार हुने राम मन्दिरको प्राण प्रतिष्ठामा राजविराज नगरपालिकाले सार्बजनिक बिदा घोषणा गरेको हो ।

कार्यबाहक नगरप्रमुख इसरत परविनले एक सूचना जारी गर्दै रामको प्राण प्रतिष्ठाको दिन मातहतको सबै निकायमा बिदा रहेको जनाएका छन् । सो दिन नगरपालिकाभित्र माछा, मासु, मदिरा बिक्री वितरण बन्द हुने सूचनामा उल्लेख छ ।

भगवान रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दु धर्मावलम्बीका लागि विशेष दिन भएकाले पालिका भित्रको घरघर तथा मठमन्दिरमा दीप प्रज्वलन गर्न समेत आग्रह गरेको छ ।

७,माघ.२०८०,आईतवार ०९:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्