नेपाली कांग्रेस कोशी प्रदेशका १४ जिल्ला सभापतिले प्रदेश नामकरणलाई महासमितिको एजेण्डा बनाउन माग

विराटनगर । गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसको कोशी प्रदेशका १४ जिल्ला सभापतिले प्रदेश नामकरणलाई महासमितिको एजेण्डा बनाउन माग गरेका छन् ।

उनीहरूले कोशी नामकरण सम्बन्धमा पुनर्विचार गर्न आग्रहसहितको प्रेस विज्ञप्ति र प्रदेश सरकारले वार्ता टोली गठन गरी सम्बन्धित पक्षलाई वार्ताको आव्हान गरिसकेको अवस्थामा महासमिति बैठकमा मुख्य एजेण्डाको रुपमा विषय प्रवेश गराउन अनुरोधसहित संयुक्त विज्ञप्तिमार्फत् नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।
महासमितिको बैठकमा भाग लिने सदस्यहरूको सन्दर्भमा प्रदेशका केही जिल्लामा नियम संगत निर्वाचित महासमितिको सदस्यहरूको हकमा विवादित भएको भनी सभापतिहरुको र सम्बन्धित जिल्लामा खटाइएका निर्वाचन अधिकृत समेतको राय नलिइ मनोमानी ढंगबाट केही जिल्लाको महासमिति सदस्यको प्रतिनिधित्व शून्य गराइएकोमा उनीहरूले आपत्तिसमेत जनाएका छन् ।

६,फाल्गुन.२०८०,आईतवार १५:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्