लुम्बिनीमा ४ चैतमा बोलाइएको प्रदेशसभा अधिवेशन स्थगित

बुटवल । लुम्बिनीमा ४ चैतमा बोलाइएको प्रदेशसभा अधिवेशन स्थगित गरिएको छ ।

प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेको पत्र बिहीबार प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा पठाएको छ ।

सरकारका प्रवक्ता गृहमन्त्री सन्तोष पाण्डेले तत्काल प्रदेश सभालाई कुनै बिजनेस नभएकाले अधिवेशन स्थगित गर्ने निर्णय गरेको बताए ।

२१ फागुनमा एमाले–माओवादी गठबन्धन बनेपछि कांग्रेस नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता लिएको छ ।

नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सभालाई छल्नका लागि वैठक स्थगित गरेको आरोप लगाए ।

सरकारको उक्त निर्णयसँगै बिहीबार दिउँसो नै नेकपा एमाले संसदीय दलका नेता लिला गिरीसहितका नेताहरुले प्रदेश प्रमुख शेरचनलाई भेटेर छलफल गरेका छन् ।

१,चैत्र.२०८०,बिहीबार १७:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्