यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

एजेन्सी । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६१ पैसा कायम गरिएको छ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ५६ पैसा र बिक्रीमा १४५ रूपैयाँ २१ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ५० पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ११ पैसा र बिक्रीमा ८८ रूपैयाँ ५० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ र बिक्रीमा ९८ रूपैयाँ ४५ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ ०२ पैसा र बिक्रीमा २८ रूपैयाँ १४ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ६८ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ६३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ७९ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ३८ पैसा तोकिएको छ।

२८,चैत्र.२०८०,बुधबार ११:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्