टी-२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुग्यो

काठमाडौं । टी-२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी-२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली बुधवार बिहान नेपाल आइपुगेको हो ।

वेष्ट इण्डिज ‘ए’ र नेपालबिचको पहिलो खेल टीयु क्रिकेट मैदानमा वैशाख १५ गते हुनेछ । वैशाख १६ मा दोस्रो, १९ मा, २० मा चौथो र वैशाख २२ मा अन्तिम खेल हुनेछ ।

नेपालसँग खेल्न पहिलो पटक वेस्ट इन्डिज टोली नेपाल आएको हो । वेष्ट इण्डिज ‘ए’ ले सिरिजका लागि अनुभवी खेलाडी रोस्टन चेसको कप्तानीमा १५ सदस्यीय बलियो टोली घोषणा गरिसकेको छ ।

टोलीमा ३ जनाबाहेक सबैसँग सिनियर टोलीबाट खेलेको अनुभव छ ।

१२,बैशाख.२०८१,बुधबार ११:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्