अत्यधिक गर्मी बढेको भन्दै बुटवल नगरभित्रका सबै विद्यालय दुई दिन बन्द

रुपन्देही । बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेको भन्दै नगरभित्रका सबै विद्यालयमा सार्वजनिक बिदा दिएको छ।

बुटवल उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै बैशाख २० र २१ गते विद्यालयहरुमा बिदा दिने निर्णय भएको उल्लेख गरेको छ।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जारी गरेको सूचनामा केही दिनयता तातो हावा चल्न थालेकोले विद्यार्थीहरुको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने देखिएकोले बैशाख २० गते बिहीवार र २१ गते शुक्रवारका लागि नगरभित्रका सबै बिद्यालयमा बिदा दिन निर्देशन दिइएको छ।

२०,बैशाख.२०८१,बिहीबार ०८:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्