जसपा नेपालले भन्यो- अवैधानिक निवेदनका आधारमा दल विभाजन हुँदैन

काठमाडौ । काठमाडौ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने दाबी गरेको छ।

प्रवक्ता मनिषकुमार सुमनले सोमबार एक विज्ञप्ति जारी गर्दै ‘अवैधानिक निवेदनका आधारमा दल विभाजन हुने अवस्था नरहेको हुँदा आ-आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न’ आग्रह गरेका छन्।

जसपा विभाजनको कारण सम्भावित सत्ता साटफेर कि यादवको हैकम?

अशोक राई नेतृत्वमा प्रतिनिधि सभाका सात सांसदसहित आइतबार नयाँ दल जसपा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको थियो।

संसद अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको अवस्थामा केही व्यक्तिहरू आयोगमा गई अवैधानिक निवेदन दिएको जसपा नेपालको भनाइ छ।

‘अवैधानिक निवेदनका आधारमा दल विभाजन हुने अवस्था नरहेको हुँदा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यलगायत सबैमा कुनै पनि भ्रममा नपरी आ-आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नुहुन अनुरोध छ,’ प्रवक्ता सुमनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस्तो छ विज्ञप्ति:

२४,बैशाख.२०८१,सोमबार १६:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्