विदेशमा भएका नेपालीलाई मतदान अधिकार र मल्टिपल हटलाइन सेवा दिन जनमत पार्टीको माग

काठमाडौं । जनमत पार्टीले विदेशमा भएका नेपालीलाई मताधिकार दिन माग गरेको छ ।

नोट चल्ने तर भोट नचल्ने हुनु नहुने जनमतले आग्रह गरेको छ । आज पार्टी प्रमुख डाक्टर सिके राउतले उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई ५ बुँदे माग पत्र पेस गरेको छ ।

कतार, साउदी र जापान पुगेर आएपछि नेपाली कामदारको जानकारी लिएको भन्दै राउतले विदेशका नेपालीले बर्सको १५ खर्ब रेमिटेन्स दिएको तर राज्यले हटलाइन, हेल्प डेस्क तथा मताधिकार नदिएको गुनासो गरेका छन् ।

खाडीका नेपालीलाई अङ्ग्रेजी र अरबी मात्र होइन नेपाली पनि धेरैलाई नआएको भन्दै राउतले ती कामदारले दूतावास लाई सेवामा सहयोग माग्दा सहज नभएको र बानी राम्रो नदेखाइएको आरोप समेत लाएका छन् ।

यो सकस हल गर्न दूतावासका कर्मचारीलाई तालिम दिन आवश्यक भएको उनले बताएका छन् ।

२४,बैशाख.२०८१,सोमबार १६:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्