बागमती । लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्राे साता बस्ने तयारी...

पुरा पढ्नुहाेस्

पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित होइन : शंकर पोखरेल

2.34K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित नभएको तर्क गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणका क्रममा अङ्ग्रेजी भाषणमा ‘डाँफेज’ र ‘गैँडाज्’ शब्द प्रयोग गरेपछि सामाजिक सञ्जालमा भइरहेको टीकाटिप्पणीप्रति यस्तो बताएका हुन्।

उनले भनेका छन्, ‘अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्रीले अंग्रेजी भाषणमा डाँफेज र गैडाज् शब्द प्रयोग गर्नु भएको सन्दर्भमा सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई ती शब्दको अंग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको छ । त्यस विषयमा सामाजिक सञ्जालमा एक प्रकारको बहस समेत चलाउने प्रयास भइरहेको छ । तर प्रधानमन्त्रीले केही समय पहिले नेपालमा नै अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरूलाई सम्बोधन गर्ने क्रममा नै डाँफे र गैँडालाई अंग्रेजीमा समेत नेपाली नामबाटै सम्बोधन गर्नु उचित हुने विषय उठाउनु भएको थियो ।’

अमेरिका भ्रमणका सन्दर्भमा प्रयोग गरिएको शब्दलाई सोही परिप्रेक्षकमा बुझ्नुपर्ने भन्दै त्यो विचारले अहिले नै मान्यता पाइहाल्छ भन्ने नभएको बताए ।

उनले थपेका छन्, ‘तर ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित होइन । विश्व ज्ञान सिद्धान्तको विकासमा एसियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नु पर्दछ र त्यसलाई स्थापित गर्न निरन्तर प्रयास गर्नु पर्दछ ।’

khanepani