बागमती । लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्राे साता बस्ने तयारी...

पुरा पढ्नुहाेस्

लुम्बिनीमा बुद्ध ज्ञान साइकल यात्रा, ८ देखि ७६ वर्षसम्मका सहभागिता जनाए

3.17K
shares
khanepani bord

रुपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित रुपन्देही, नवलपरासी र कपिलवस्तुका पुरातात्त्विक बुद्ध स्थलहरूको पर्यटन प्रवर्द्धनका लागि आयोजित ‘बुद्ध ज्ञान साइकल यात्रा’ को शुभारम्भ भएको छ। यो यात्रा शनिवार लुम्बिनीमा पुगेर समापन हुनेछ।

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ लगायतले भैरहवाको बुद्धचोक स्थित लुम्बिनी गेटबाट नेपाल र भारतको झण्डा फहराएर यात्राको शुभारम्भ गराएका थिए।

दुई दिने यात्रामा सबै भन्दा कम उमेरका ८ वर्षीय किस्टोफर श्रेष्ठ र ११ वर्षीया आस्वानी खरेल सहभागी छन् भने जेठ नागरिकमा भारतको उत्तराखण्डबाट ७६ वर्षीय कमल जित दिमन र ७१ वर्षीय विष्णु दिमनले सहभागिता जनाएका छन्। यात्रामा विश्व साइकल यात्री पुष्कर शाह सहित नेपाल, भारत र जर्मनीबाट एक सय तीस जना साइकल यात्री सहभागी छन्।

साइकल सिटी भैरहवाको आयोजनामा हरेक वर्ष हुने ‘बुद्ध ज्ञान साइकल यात्रा’ लुम्बिनीमा पुगेर समापन हुने आयोजक संस्थाका अध्यक्ष सूर्य कुमार सारु मगरले बताए। यस यात्रामा सहभागिता जनाउन नेपाल, भारत लगायत विभिन्न स्थानबाट एक सय तीस जना साइकल यात्रीहरू बिहीबार भैरहवा आइपुगेका थिए। उनीहरूलाई भैरहवामा खादा लगाएर स्वागत गरिएको थियो।

लुम्बिनीको पर्यटन प्रवर्द्धन, स्वास्थ्य, पर्यावरण र व्यापार व्यवसाय वृद्धिका लागि गत वर्षदेखि साइकल सिटी भैरहवाले यो यात्रा आयोजना गर्न थालेको कार्यक्रम संयोजक शैलेन्द्र श्रेष्ठले बताए।

आन्तरिक र बाह्य पर्यटकको नजरमा लुम्बिनी बाहेकका अन्य बुद्धसँग जोडिएका स्थलहरू सधैँ ओझेलमा परेको हुनाले ती क्षेत्रको प्रचार९प्रसारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एक सय तीस जना साइकलिस्टहरूलाई सहभागी बनाएर यो यात्रा आयोजना गरिएको हो।

हरेक वर्ष हुने ‘बुद्ध ज्ञान साइकल यात्रा’ ले गौतम बुद्धसँग सम्बन्धित क्षेत्रहरूको अझ बढी प्रचार—प्रसार हुने र यसले भगवान् गौतम बुद्धबारे थप जानकारी र ज्ञान प्राप्त गर्न मद्दत गर्नेछ। साथै, लुम्बिनी बाहेक बुद्धसँग जोडिएका स्थलहरूको प्रचार९प्रसारमा पनि सहयोग पुग्ने साइकल सिटी भैरहवाका सचिव थिरेन्द्र श्रेष्ठले बताए।

सहभागी साइकलिस्टहरूले पहिलो दिन करिब ८५ किलोमिटर र दोस्रो दिन ९० किलोमिटर दूरी तय गरेर बुद्धसँग सम्बन्धित विभिन्न स्थलहरूको अवलोकन, भ्रमण र जानकारी प्राप्त गर्नेछन्।

शुक्रवार भैरहवाबाट सुरु हुने साइकल यात्राको पहिलो दिन नवलपरासीको रामग्राम, रुपन्देहीको देबदह, पण्डितपुर, बुद्ध मावली भवानीपुर, बौद्धकालीन पाकरी रुख, तिलोत्तमा नगरपालिकाको बनबाटिका, बुटवलको जितगढी किल्ला हुँदै साँझ भैरहवा आईपुग्नेछ।

दोस्रो दिन भैरहवाको बसडिलवास्थित शिव मन्दिरबाट सुरु भई शुद्धोदन गाउँपालिकामा रहेको बुद्धकालीन भुवनेश्वर मन्दिर, गैडहवा गाउँपालिकाको गैडहवा ताल, यशोधरा पार्क हुँदै कपिलवस्तुको मानव निर्मित जगदीशपुर ताल, सग्रहवा, राजा शुद्धोदनको प्राचीन दरबार तिलौराकोट, कुशीनगर (बुद्धले ज्ञान प्राप्त गरेको स्थल) गोटिहवा, कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा, भगवान् बुद्ध र उनको छोरा पहिलो पटक भेट भएको स्थान कुदान हुँदै भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी आएर समापन गरिनेछ। यसरी, यो यात्राले लुम्बिनी र यससँग जोडिएका ऐतिहासिक स्थलहरूको प्रचार प्रसार गर्न मद्दत गर्दै पर्यटन, स्वास्थ्य र पर्यावरणीय संरक्षणको महत्त्वलाई उजागर गर्नेछ।

khanepani