कारोबार शुरु गरेको एक घण्टामै नेप्से ६ प्रतिशतले घट्यो, तेस्रो नेगेटिभ सर्किटपछि आजको करोबार बन्द
वि.सं.२०८२ असोज २ बिहीवार १२:५६
shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेगेटिभ सर्किट लागेको छ । जेन जी आन्दोलनका कारण रोकिएको शेयर बजार बिहीबार खुलेको बजारमा तेस्रो पटक नेगेटिभ सर्किट लागेको हो ।
नेप्सेका अनुसार कारोबार शुरु भएको २ मिनेटमै नेप्सेमा सर्किट लागेको थियो । २० मिनेट कारोबार रोकिएर खुलेको बजार पुनः ११ः२३ मिनेटमा दोस्रो नकारात्मक सर्किट लागेको हो ।
दोस्रो पटक लागेको नेगेटिभ सर्किटपछि कारोबार ४० मिनेटका लागि रोकिएको थियो । त्यसपछि पुनः खुलेको बजार ६ प्रतिशतले घटेर तेस्रो सर्किट लागेको हो ।
यस अवधिमा नेप्से १६०.३३ अंकले घटेर २ हजार ५११ दशमलव ९१ विन्दुमा झरेको छ । यस अवधिमा नेप्सेमा ७२ करोड ८७ लाखको कारोबार भएको छ । जसमा २१७ कम्पनी घटेका छन् भने ९ कम्पनीको शेयरमूल्य बढेको छ ।
नेप्सेमा भएको व्यवस्था अनुसार कारोबार खुलेको पहिलो एक घण्टाभित्र नेप्से परिसूचक ४ प्रतिशतले घटेमा वा बढेमा सर्किट लाग्छ ।
२० मिनेटका लागि कारोबार रोकिन्छ । त्यसपछि कारोबार खुलेको दोस्रो घण्टाभित्र पाँच प्रतिशतले घटेमा वा बढेमा ४० मिनेटका लागि कारोबार रोकिने व्यवस्था छ भने ६ प्रतिशत घटेमा वा बढेर सो दिनको कारोबार बन्द हुन्छ ।
























