काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले सेवा प्रवाहमा थप सुधार गर्नका...

पुरा पढ्नुहाेस्

उद्योग तथा व्यवसायमा सहजीकरण गर्न नीतिगत छलफल गर्छु: नवनियुक्त उद्योगमन्त्री अनिल सिन्हा

494
shares
khanepani bord

काठमाडौँ । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हाले उद्योग तथा व्यवसायमा सहजीकरण गर्न नीतिगत छलफल गर्ने बताएका छन् । सोमबार मन्त्रीको पदभार ग्रहण गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

मन्त्री सिन्हाले भने, ‘उद्योगी व्यवसायीसँग सहजीकरण नगरी देशकोआर्थिक उन्नति गर्न सकिँदैन । उद्योग तथा व्यवसायमा सहजीकरण गर्न नीतिगत छलफल गर्छु ।’

आन्दोलनबाट क्षति भएको पुन निर्माण गर्दा देशमै उत्पादन भएका सामानहरूको उपभोग गर्ने उनले बताए ।

मन्त्री सिन्हाले भने, ‘आन्दोलनका क्रममा देशको परिस्थिति यति धेरै नोक्सानी भएको छ । पुन निर्माण गर्न आवश्यक छ । कार्यालय बनाउनु छ। देशमै उत्पादन भएका सामानहरूको उपभोग गर्नेछौँ ।’

सिप विकासमा जोड दिने बताउँदै उनले अगाडी भने, ‘ हाम्रोमा कार्यविधिमा धेरै अल्झाएको सुनिन्छ । यसलाई सहज गर्नेछु ।’
अनावश्यक रूपमा लिनुपर्ने अनुमतिलाई न्युनिकरण गर्ने उनले प्रतिबद्धता गरे ।

पदभारका ग्रहण पछि बोल्दै मन्त्री सिन्हाले जेनजीहरुले गरेको बलिदान खेर जान नदिने बताए । उनले भने, ‘अप्ठ्यारो परिस्थतीमा छौं हामी सबैजना । देश नै आक्रान्त भएर बसेको अवस्था छ । आन्दोलन जुन उद्देश्यले गरिएको थियो त्यस अनुसार काम गर्छु । जेनजीले दिएको आहुती खेर जान दिन्न ।’
साथै मन्त्री सिन्हाले पदभार ग्रहण गर्दै स्वदेशी वस्तुहरूको उपयोग गर्नेबारे पहिलो निर्णय गरेका छन् ।

khanepani