काठमाडौं । जेन जी पुस्ताको अन्दोलनपछि सुशिला कार्कीको नेतृत्वमा रहेको अन्तरिम सरकार गठनभएसंगै विवादीत...

पुरा पढ्नुहाेस्

रूसी सेनामा भर्ती भएका माओवादी पूर्वलडाकु डायमण्ड सी को सेक्सन कमाण्डरमा बढुवा

780
shares
khanepani bord

काठमाडौं । रूसी सेनामा भर्ती भएका माओवादी पूर्वलडाकु डायमण्ड सी को सेक्सन कमाण्डरमा बढुवा भएका छन् ।

म्याग्दी घर भएका डायमण्डले सामाजिक सञ्जालमार्फत् रूसी सेनामा आफ्नो बढुवा भएको जानकारी दिएका हुन् ।

‘…कहिलेकाँही जीवनमा देखेको सपना पूरा हुन्न बरु नदेखेको सपना पूरा हुन्छ,’ उनले लेखेका छन् ।

आफू जनयुद्धमा सहभागी भएरपनि अधुरै रहेका सपना पूरा गर्न युक्रेनविरुद्ध युद्ध लडिरहेको रूसी फौजमा भर्ती हुने निर्णय गरेको उनले बताएका छन् ।

रूसी सेनामा भर्ती भएपछि उनले लामो स्टाटस लेख्दै माओवादी जनयुद्ध र नेतृत्वप्रति असन्तुष्टि पोखेका थिए ।

शान्ति प्रक्रियापछि विस २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारका बेला सेना समायोजनका क्रममा उनले स्वेच्छिक अवकाश लिएका थिए । जनमुक्ति सेनामा उनी बटालिएन सहकमाण्डर थिए ।

जनमुक्ति सेनाबाट निस्किएपछि पारिवारिक जिम्मेवारी बढेको उनले बताएका थिए । ०६८ सालताका नै प्रचण्डबाट अलग भएर बनेको मोहन वैद्ध किरण नेतृत्वको नेकपा माओवादीमा समेत उनी केही सक्रिय भएका थिए ।

पछि ०७१ सालमा वैद्ध समूह छाडेर विप्लव नेतृत्वको नेकपा प्रवेश गरेका उनी म्याग्दी जिल्लाको सेक्रेटरीको भूमिकामा थिए ।

‘ हिजो १० वर्षे जनयुद्धको एक योद्धा आज लेनिनको देशमा पुटिनको सिपाही बनेर युक्रेनविरुद्ध कठिन लडाइँ लड्दै छु,’ उनले भनेका थिए ।

उनी अवैधानिक तरिकाले रूस गएर त्यहाँको सेनामा भर्ती भएका हुन् । उनका अनुसार दुई वर्षभन्दा अघि रूसी सेनामा जुनिएर सर्जेन्ट अर्थात् सेक्सन सह–कमाण्डरमा भर्ती भएका उनी पछिल्लो पटक सर्जेन्ट अर्थात् सेक्सन कमाण्डरमा बढुवा भएका छन् ।

सेक्सन कमाण्डरले प्राइमरी एसल्ट सेक्सनलाई नेतृत्व गर्दै युक्रेनविरुद्धको युद्धमा अग्रमोर्चामा खटिनुपर्छ । उनकी श्रीमती प्रेरणा सिर्पाली समेत माओवादी युद्धमा लडाकु थिइन् ।

khanepani