प्रधानमन्त्री सुशीला कार्कीले चुनावबारे आज दलहरूसँग छलफल गर्दै
वि.सं.२०८२ कात्तिक ४ मंगलवार ०९:३०
shares

काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन् ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि दलहरूसँग सरकारको तर्फबाट यो औपचारिक छलफल हो । यसअघि शीतल निवासमा राष्ट्रपतिले दलका नेतासँग गरेको छलपलमा प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थिति थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे दलहरूलाई बोलाइएको छ । आसन्न फागुन २१ को निर्वाचनमा केन्द्रित रहेर प्रधानमन्त्रीले राजनीतिक दलहरूसँग छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।
उनका अनुसार छलफलमा प्रमुख ७ दललाई निम्त्याइएको छ ।
























