प्रधानमन्त्रीले राजनीतिक दल र जेनजीसँग बुधबार त्रिपक्षीय गर्ने छलफल
वि.सं.२०८२ कात्तिक ११ मंगलवार १९:४३
shares

काठमाडौं । आगामी निर्वाचनको वातावरण निर्माणका लागि प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार त्रिपक्षीय छलफल हुने भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलका अनुसार छलफल प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे हुनेछ। उक्त बैठकमा सरकार, राजनीतिक दलहरू र जेन–जी आन्दोलनका प्रतिनिधिहरू सहभागी हुनेछन्।
प्रधानमन्त्री कार्कीले सबै पक्षबीच विश्वास र संवादका माध्यमबाट निर्वाचनसम्म पुग्ने वातावरण तयार गर्नुपर्ने बताउँदै छलफल आह्वान गरेकी हुन्। बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था, र आन्दोलन पक्षका मागहरू सम्बोधन गर्ने सम्भावना विषयमा विस्तृत बहस हुने बताइएको छ।
























