बागमती । लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्राे साता बस्ने तयारी...

पुरा पढ्नुहाेस्

चोरीका सामानसहित १८ वर्षीय ओमप्रकाश सरदार बिहीबार पक्राउ

6.53K
shares
khanepani bord

सप्तरी । सप्तरी प्रहरीले चोरीको सामानसहित सप्तरीको अग्निसाइर कृष्णसरवन गाउँपालिका–१ स्थित सेनानवती विष्णुलाल धर्मशालामा बस्दै आएका १८ वर्षीय ओमप्रकाश सरदारलाई बिहीबार पक्राउ गरेको छ ।

घरको छतमा भुसको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा रू ५६ हजार ९६५, चाँदीको ५४ तोलाका पाँच जोर गरगहना र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ । सप्तरीको महादेवा गाउँपालिका–१ घर भएका सरदार सपरिवार धर्मशालामा बस्दै आएका थिए । उनले बुधबार राति घरमा कोही नभएको मौका छोपी चोरी गरेको स्वीकारेका छन् ।

सप्तरीको अग्निसाइर कृष्णसरवन गाउँपालिका–१ स्थित जण्डौलचोक बस्ने उर्मिलाकुमारी चौधरी बुधबार पुरानो घर गई बिहीबार बिहान १० बजे आफ्नो नयाँ घर आउँदा माथिल्लो तल्लाको कोठाको ताला र कोठाभित्रको दराज फुटाइएको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय महुलीमा जानकारी गराएका थिए।

सरदारलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा चोरी गरेको स्वीकार्दै बिताइ सरदारको घरको छतमा सामान लुकाएको ठाउँ देखाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी माधवप्रसाद काफ्लेले बताए । उनीविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार उजुरी दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

khanepani